नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत बिहीबार ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका निम्ति १० हजार कित्ता शेयरमा आवेदन दिनुभएको छ । एक महिना अघि पहिलो शेयर आफूले खरिद गर्ने घोषणा गरेअनुसार प्रधानमन्त्री ओलीले शेयर खरिदका निम्ति आवेदन दिनुभएको हो ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकम मुख्य लगानीकर्ता रहेको त्रिशूली जलविद्युत् कम्पनीले निष्काशन गरेको उक्त सधारण शेयर (आईपीओ) मा प्रधानमन्त्री ओलीले १० हजार कित्ता र ऊर्जा, जलसोत तथा सि“चाइमन्त्री वर्षमान पुनले हजार कित्ता शेयरका निम्ति आवेदन दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उहा“ले शेयर आवेदन दिनुभएको हो । यसअघि प्रम ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता खोल्नु भएको छ ।
त्रिशूली जलविद्युत् कम्पनीले ३७ करोड ५ लाख रुपिया“बराबरको सय रुपिया“ अंकित दरको ३७ लाख ५ हजार शाधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बा“की ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री शुरु भएको हो ।
अंकित मूल्य सय रुपिया“ भए पनि अहिले प्रतिकित्ता १० रुपिया“का दरले आवेदनस“गै रकम जम्मा गर्नुपर्ने हुन्छ । बा“की रकम आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि भुक्तानी गर्नुपर्ने हुन्छछ । अग्रिमरूपमा लगानी गरिएको रकमको सरकारले ब्याज दिने छ । कुल ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लागत अनुमान गरिएको आयोजना २०७८ फागुन १७ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्रीद्वारा १० हजार कित्ता शेयर आवेदन
सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको ५ प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्लाका बासिन्दाले स्थापना गरेका कम्पनीका लागि ५ प्रतिशत तथासर्वसाधारणका लागि १५ प्रतिशत शेयर दिइने छ ।
यसैबीच नेपाल धितोपत्र बोर्डले शेयर बजारमा स्थायी लेखा नम्बर प्यानका विषयमा दुविधा भएको भन्दै अर्कोे सूचना जारी गरेको छ ।
बोर्डले वैशाख १ गतेदेखि लागू हुने प्यान नम्बरका बारेमा स्पष्ट पारेको छ । शेयर बजारमा पटक–पटकको कारोबारमा नभई एकैपटकमा ५ लाख वा सोभन्दा बढी शेयर कारोबार गर्नेले प्यान नम्बर अनिवार्य लिनुपर्ने जनाएको छ ।
उता साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ८६ विन्दूले घटेर ११४० दशमलव ६० बिन्दूमा पुगेको छ ।
कुल १७१ कम्पनीको ९ लाख ४७ हजार ७२६ कित्ता शेयर २७ करोड २४ लाख ९४ हजार ५६५ मूल्यमा कारोबार भएको छ ।
कारोबार भएका ११ उपसमूहमध्ये चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । जसमध्ये होटल समूह १ दशमलव शून्य ३, विकास बैंक समूह २ दशमलव ७६, उत्पादन १ दशमलव १६ र अन्य उपसमूह शून्य दशमलव ७७ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ समूह ७ दशमलव १९, व्यापार समूह २ दशमलव ७९, जलविद्युत् समूह ५ दशमलव १८, वित्त समूह १ दशमलव ३७, निर्जीवन बीमा ६९ दशमलव १८, लघुवित्त समूह १० दशमलव ४६ र जीवन बीमा ६१ दशमलव ७६ बिन्दूले घटेको छ ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी २ करोड चार लाख ४२ हजार ९७० मूल्यमा कारोबार भएको छ । साथै आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९१ प्रतिशतले कमाएका छन् भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ७४ प्रतिशतले गुमाएका छन् ।