नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने



काठमाडौँ ।
नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगिता आगामी वैशाख दोस्रो साता हुने तय भएको छ । प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । चार दिनसम्म चल्ने सो प्रतियोगिताको मिति चाँडै तय गरिने शेर्पाले बताउनुभयो । टि–२० फरम्याटमा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तान भिड्ने छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्