स्वीकार्य बन्दै अन्तरजातीय विवाह, विवाह गर्ने ६६ जोडी सम्मानित



सलिम अन्सारी, प्युठान ।
अन्तरजातीय विवाह गर्ने ६६ जोडीलाई सम्मान गरिएको छ । जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६६ जोडीलाई सम्मान गरिएको हो । विवाहित जोडीलाई प्रदेश नम्बर ५ का संसद हरि प्रसाद रिजाल, दोस्रो संविधान सभाका सदस्य धन बहादुर रायमाझी र सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सम्मान गरेका हुन्। ५४ औँ अन्तर्रा्ष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा दलित उत्थान समिती सरुमारानीले उनिहरुलाई सम्मान गरेको हो।

दलित र गैर दलितबीचको अन्यायपूर्ण कुमान्यतालाई तोड्न साहस गर्ने जोडीहरुलाई सम्मान गरिएको समितिका संयोजक पुर्ख सिं सुनारले बताए। सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा दलित उत्थान समितिले सम्मान गरेको सुनारले बताए । सम्मानित हुने जोडिहरुले अन्तरजातीय विवाह समाजमा स्वीकार्य बन्दै गएको बताएका छन्।

ती जोडीहरूमध्ये अधिकांशले अन्तरजातीय विवाह सामाजिक चेतना बढेसँगै स्वीकार्य बन्दै गएको बताएता पनि तर माइती पक्ष र घर पक्ष दुबै तर्फबाट मानसिक यातना दिने क्रम भने अझै पूर्ण रूपमा बन्द भइनसकेको गुनासो गरे।

सरुमारानी २ बर्न्बिर निवासी २८ वर्षीय सुदिप सुनारले सोही ठाउँ निवासी २३ वर्षीया भागिसरा रानासँग ५ बर्ष अघि प्रेम भएपछि भागेर विवाह गरे। ‘आफ्नो जातभन्दा माथिको सँग विवाह गर्ने भन्दै मसँग शुरुमा आमा बुबा रिसाएका थिए तर पछि विस्तारै मैले मनाउन सके,’ भागिसराले भनिन् । शुरूमा समाजमै उनीहरूलाई विकसँग विवाह गरेको भनेर खिसी गरे पनि पछि विस्तारै सहज भएको उनीहरूले बताए। तर, माईतीघरमा दुईटैलाई स्वीकारेको उनिहरुले सुनाए।

अरुले जे गरेपनि आफूहरू भने खुसी राजी भएको उनीहरूको तर्क थियो। ‘जात भात भन्ने गलत कुरा हो। कोही मान्छे जातले उचो र निच हुँदैन,’–सुदिपले भने, ‘सबैभन्दा महत्वपूर्ण सवाल व्यक्तिको चिन्तन हो, क्षमता हो र विश्वास हो।’ राज्यका तर्फबाट धेरै पछि भएपनि प्रोत्साहन पाउँदा खुसी लागेको सरुमारानी ३ का बिक्रम सुनारले बताए ।

१० बर्ष अघि बर्दियाकी कल्पना थापा सँग विहे गरेको यी जोडीलाई पनि अन्तर्जा्तिय बिहे गरेका कारण कुनै बिभेदको सिकार हुन नपरेको सुनाए। उनले भने आफूलाई महिला र पुरुष भन्ने जात मात्रै थाहा भएको र अन्य जातभातको कुराको मतलब नभएको बताए।गाउँमा धेरैले अन्तरजातीय विहे गरेका भएपनि गुपचुपमा नै छन्।

सम्मानीत जोडीहरुले प्रमाण पत्र, दोसल्ला र अविर लगाएर मात्र न्याय नमिल्ने बताए। दलित हुनुको कारण समाजले दिएको चोट, गरिएको अपहेलना र तिरस्कारका विरुद्ध राज्य मौन हुन दुखत भएको दलित अगुवा सन्तोष बिकले बताए। कार्यक्रममा पालिकाभित्रका दलित एकल महिला,जेष्ठ नागरिक र दलित तथा जेहेन्दार बिध्यार्थीलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्