रेल विभागलाई सरकारको रेल किन्न थप करिब ८५ करोड



नेपाल समाचारपत्र, काठमाडौं ।
रेल विभागलाई सरकाले भारतबाट रेल किन्न भन्दै थप ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिने निर्णय गरेको हो ।

रेल किन्नका लागि सरकारले यसअघि विभागलाई ५० करोड रुपैयाँ दिइसकेको थियो । उक्त रकम अपुग भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप रकम माग गरेर मन्त्रिपरिषदमा प्रस्ताव राखेको थियो ।

अहिले खरिद गर्न लागिएको रेलको एक सेटमा पाँच वटा कार (डिब्बा) हुने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

खरिद गर्न लागिएको दुई सेट डेमु ट्रेन जनकपुर–जयनगर क्षेत्रमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्