पेरिस विश्वकै सबैभन्दा महँगो शहर



पेरिस,(एजेन्सी)
फा्रन्सको राजधानी पेरिस हंगकंग र सिंगापुर संगसंगै विश्वकै सबैभन्दा मंहँगो शहरको सुचिको पहिलो स्थानमा परेको छ । आर्थिक विद्धता इकाइ सर्भेक्षणको तिस वर्ष लामो वार्षिक इतिहासमा पहिलोचोटि यि तिनैवटा शहर शिर्ष स्थानमा पुगेका हुन् ।

युरोपका सबैभन्दा महंगा दसवटा शहरको सुचिमा चौंथो स्थानमा रहेका पेरिस गत वर्ष यस सुचिको दोश्रो स्थानमा रहेको थियो । उक्त सर्भेक्षणमा विश्वका १ सय ३३ वटा शहरमा खाद्य पदार्थ , पेयवस्तु , यातायात , घर भाडा लगायतका १ सय ६० वटा वस्तुको मुल्यमा तुलना गरिएको थियो ।

ति वस्तुहरुको मुल्यमा आएका उतार चढावलाई बेन्चमार्क शहरको रुपमा लिइएको अमेरिकाको न्युयोर्कको जविनशैलीसंग तुलना गरिएको थियो । कम्पनीहरुलाई विदेशी र व्यापारिक यात्रुहरुलाई जीवनशैलीको मुल्य निर्धारण गर्न सहयोग पु¥याउन वार्षिक सुचि तयार गरिएको थियो ।

सर्भेक्षण इकाइले सस्ता शहरहरुका वासिन्दाको तलव पनि कम हुने गरेकाले तिनीहरुको उपभोक्ता मापदण्ड पश्चिमी मुलुकका भन्दा नयुन रहने गरेको जनाएको छ । आर्थिक र राजनीतक समस्याको कारण भेनेजुयलाको काराकास र सिरियाको दमास्कस शहर यस सुचिको पिंधमा पुगेको बताइएको छ ।

साथै शहरहरु जति सस्ता हुन्छन् त्यति न ैकम बस्न लायक हुने बताइएको छ । सन् २००३ देखि नै पेरिस विश्वका दस सबैभन्दा महँगा शहरको सुचिमा पर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्