युरेनियम इन्धन बोकेको ट्रकमा हमला



रियो दि जेनेरो,(एजेन्सी)
बन्दुकधारीहरुले बुधवार ब्रजिलको शहर रियो दि जेनेरो नजिकको आणविक उर्जा भटी तर्फ लान युरेनियम इन्धन बोकेका ट्रकहरुको लशकर माथि आक्रमण गरेका छन् ।

रियो देखि करिव १ सय ४५ किमि टाढाको लागु औषध तश्करहरुको नियन्त्रणमा रहेको पर्यटकिय शहर आन्ग्रा दोस रेइस शहरमा सो आक्रमण भएको प्रहरीले जनाएको छ । ति ट्रकहरुलाइ एस्कर्टिंग गरिहरेका प्रहरी र ति अज्ञात बन्ुकधारीहरुबिच गोली हानाहान भएके थियो ।

यस घटनामा कसैलाई चोट पटक नलागेको र कोहि पनि पक्राउमा नपरेको बताइएको छ । सो आक्रमणको बिस मिनेटपछि ट्रकहरु सुरक्षित ढंगले आन्ग्रा २ प्लान्टमा पुगेको सुरक्षा सुत्रले जनाएको छ । लगातार थुप्रै हिसात्मक घटना हुँद ैआएको यस शहरमा भएके यो पछिल्लो आक्रमण हो ।

अपराधि समुहहरुको बाहुल्य रहेको यस शहरमा सन् २०१७ मा गल्तीवश आफ्नो फेमिली कार लान पुगेकी एकजना वेलायती महिलालाई गोली हानी घाइते बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्