प्रभु बैंकको शाखा थप



काठमाडौं, (नेस)
प्रभु बैंले विराटनगर महानगरपालिका– स्थित तिनपैनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको तिनपैनी शाखा कार्यालय नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एउद्घाटन गर्नुभएको छ ।

बैंकको तिनपैनी शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा मोरङ जिल्लास्थित उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोदराज आचार्यले मन्तव्य राख्नुहुँदै प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्