गोर्खाले जित्यो मेयर कप



लमजुङ, (नेस)
पालुनटार हवाई मैदानमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय रनिङ शिल्ड मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा गोरखा जिल्लाले उपाधि हासिल गरेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा गोर्खा नगरपालिकाले गैडाकोट नगरपालिकालाई २–० ले हराएर उपाधि हात पारेको हो । पहिलो हुनेले दुई लाख ३४ हजार पाँच सय ६७ रुपैयाँ, दोस्रो हुने टोलीले एक लाख २३ हजार चार सय ६५ रुपैयाँ पुरस्कार प्राप्त गरे । सेमी फाइनलमा पुग्ने दुई टिमलाई ५४ हजार तीन सय २१ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्