त्यसैले रै’छ देखिन्न चोली



होलीमा धेरै परिवर्तन आउन थाल्यो आज–भोली । अर्थात् होलीमा गुन्यु चोली लगाएका अनुहार सडक बजारमा भेटिनु त परै जाओस, सपनीमा पनि देखिन्न भन्या । अर्थात् ऊ बेलाको होली निकै अग्र्यानिक हुन्थ्यो, आजकल त खैं के, खैं के ।

छोरी चेली कट्टु साइजको हाफपेन्ट अनि पारदर्शी टिर्सटमा सडकमा उत्रिने भएसी उनका ममी, आन्टी र फुपुहरु पनि के कम त्यहि शैलीमा निधक्क फिल्डमा उत्रिन थाल्या निकै वर्ष हुन थाल्यो । यस्तो भएसी केटा मोरा झन के कम, जताजता केटी ग्याङ देखिन्छ÷भेटिन्छ केटा ग्याङ पनि उतै मोडिन्छ । यही मौकामा ‘ह्पाप्पी होली’ भन्दै एक आपसमा रङ अविर दल्ने कुरो सामान्य भै’गो ।

निधार र गालामा रङ दल्ने बहानामा केटाहरका हात अन्यत्र पनि निधक्क सलबलाएको देख्दा धरहरा लाजले निकै असिन पसिन भो । यस्तो भएसी ममी, आन्टी र फुपुहरले त आपत्ति जनाउनु पर्ने हो । तर खैं के भा हो, उनीहरु झनै होलीको माहोल बनाउन जुट्या देखिन्थ्यो । उमेर उस्तो भएर हो क्यार, छोरी चेली निकै एक्साइटेड नै देखिए । पाठकवृन्दले धरहरा निकै थेतरो भएछ भन्नु होला, तर कुरो साँचो हो ।

हिजो न्यूरोड, बसन्तपुर, बागबजार र आसपासका अन्य चोक र गल्लीमा यस्तो दृश्य देख्न खाँचो भएन । यस्तो भएसी होलीमा किन देखिन्थ्यो गुन्यु चोली ?

प्रतिक्रिया दिनुहोस्