होलीका अवसरमा ढिला बाईक कुदाउने प्रतियोगिता



चिरञ्जीवी मास्के, दोलखा ।
होली पर्वको अवसरमा बुधवार सदरमुकाम चरिकोटमा विस्तार (ढिला) मोटर बाईक कुदाउने प्रतियोगीता आयोजना गरिएको छ । आयोजकको नियमको परिधिमा रहेर निर्धारीत गन्तव्यमा सबैभन्दा ढिला पुग्ने मोटरवाईक चालक प्रतियोगीको बिजयी बनेका छन् ।

सरल नेपालले आयोजना गरेको प्रतियोगीतामा सबैभन्दा ढिला निर्धारीत गन्तव्य पुग्ने बाईक चालक पारस श्रेष्ठ प्रथम भै १० हजार नगद जित्न सफल भएका छन् । प्रतियोगीतामा अशोक तमाङ द्धितिय भै ५ हजार नगद जितेका छन् भने उज्ज्वल श्रेष्ठ तृतिय भै तीन हजार नगद र कैलाश नेपाली सान्त्वना भै दुई हजार नगद जितेका छन् ।

प्रतियोगीताको लागि सदरमुकाम चरिकोटको बीच बजारमा एक सय मीटर लम्बाईको ट्रयाक निर्माण गरिएको थियो । ट्रयाकमा दाँया बाँया नछोई, स्टाट बन्द नगरी र खुट्टाले भुईमा नछोई सबैभन्दा ढिला गन्तव्य पुग्ने प्रतियोगीलाई विजयी घोषणा गरिएको आयोजक सरल नेपालका अध्यक्ष सौगात थापाले बताए ।

होली पर्वलाई सभ्य, रोमाञ्चक र आकर्ष बनाउन ढिला बाईक चलाउने नौलो प्रतियोगीता आयोजना गरिएको थापाको भनाई छ । प्रतियोगीतामा ३६ जना युवाहरुले सहभागिता जनाएका थिए । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्