दाङको बिजौरीमा खुल्यो सुविधा सम्पन्न होस्टेल



दाङ ।
दाङको विजौरीमा एक कार्याक्रम विच होस्टेल राप्ती उद्घाटन गरिएको छ । होस्टेल राप्तीका सञ्चालक प्रेम प्रकाश शर्माको सभापतित्वमा एबम् आयुर्वेद क्याम्पस वेलझुण्डीका प्रा.डा. सुनिल कुमार को प्रमुख आतिथ्य र विजौरी उद्योग वाणिज्य संघको अध्यक्ष मुकेश वलीको विशिष्ट आथित्यमा उक्त होस्टेलको उद्घाटन गरिएको छ ।

कार्यक्रममा बाेल्ने वक्ताहरुले यस ग्रामिण क्षेत्रमा एकदम खुसीको कुरा भन्दै उक्त होस्टेलको सफलताको कामना समेत गरेका थिए । उक्त होस्टेल यस क्षेत्रका लागि अति आवश्यक भएको भन्दै सञ्चालकलाई शुभकामना सहित धन्यवाद समेत दिएका थिए ।

बिजौरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खत्रीले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए । हाल उक्त होस्टेल राप्तीमा ९ वटा कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्