नेपाली महिला फुटबल टोली साफ च्याम्पियनशिपको फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।
श्रीलंकालाई ४ गोलले पराजित गर्दै नेपाली महिला टोली साफ महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मैदानमा खेलाडी पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता पौडलले गोल गरेका हुन्।

मध्यान्तर हुन ३ मिनेट बाँकी रहेको बेला विपक्षी पोष्ट भित्र कप्तान निरु थापाले निकालेको पासमा गोल लाइन नजिक रहेकी पुनमले पहिलो गोल गर्दै नेपालको अग्रताको सुरुआत गरेकी थिइन्।

७३ औं मिनेटमा अनिताले गरेको गोल दर्शनीय थियो। डि बक्समा बल खोसाखोसको स्थिति चलिरहेको बेला डि बक्स बाहिर फर्केको बललाई उनले ुसेकेन्ड बारु च्यापेर पोष्टमा प्रहार गरेकी थिइन्।

खेल सकिनु ७ मिनेट बाँकी रहेको बेला सावित्रा भण्डारीले हेड गोल गरेकी हुन्। यो सँगै उनको गोल संख्या २५ पुगेको छ। र यसअघिको जमुना गुरुङले बनाएको दोस्रो उच्च गोल संख्याको बराबरी गरेकी छिन्।

नेपाल र श्रीलंका आमने सामने भएको यो छैटौँ पटक हो। जसमा नेपालले सबै खेलमा विजयी नतिजा निकालेको छ।

प्रतिक्रिया दिनुहोस्