अभिनय तालिमसँगै नाटक मञ्चन



हरेक बर्ष आजको दिन अर्थात २० मार्चलाई बिश्वभरी विश्व बाल रंगमञ्च दिवसका रूपमा मनाइने गरिन्छ। यस अवसरमा बालबालिकालाई नाटक गर्न लगाउने, नाटक खेलाउने र बालबालिकाको बिषयमा नाटक तयार गर्न सम्बन्धित तालिम दिएर यो दिबस मनाउने गरिन्छ।

शैली थिएटरले यहि अबसर पर्ने गरि किर्तिपुरका दुई बाल क्लबका बालबालिकालाई दस दिने अभिनय तालिम प्रदान गरि समापन गरेको छ। सिबिन, वर्ड भिजन र फेभिना फाउन्डेसनको सहयोगमा सञ्चालित यो तालिमपछि बालबालिकाले विभिन्न सार्बजनिक स्थानमा कचहरी नाटक मिना मन्चन गरेका थिए।

शैली थिएटरका कलाकार सुबास सुबेदी र देबेन्द्र बिकले तालिम दिएको कार्यशालामा बालबालिकालाई नाटकको इतिहास, कथा बिकास, पात्र निर्माण, इम्प्रोभाइजेसन, आवाज एबम स्वर, नाटकका प्रकार, नाटक अभ्यास इत्यादिबारे प्रयोगात्मकजानकारी दिएका थिए। तालिम समापनपछी शैली थिएटरको निरीक्षणमा सहभागीहरुले बालश्रम, बालविवाह र यौन दुव्र्यवहारविरुद्ध किर्तिपुर नगरपालिकाअन्तर्गत ७ र ८ वडामा कचहरी नाटक मिना मन्चन गरे।

नाटकमा आर्थिक अवस्था कमजोर भएकै कारण मिना नाम गरेकी ११ बर्षिय बालिकालाई उसकि आमाले शहरमा आफन्त पर्ने नातेदारकहाँ पढाईदिने र पालनपोषण गरिदिने शर्तमा पठाउँछिन। तर मिनाले पढ्न त परको कुरा उल्टो नातेदार पर्ने मान्छेको घरमा घरेलु कामदारको रुपमा काम गर्न पुग्छिन। अस्वस्थ हुँदा समेत आराम गर्न पाउँदिनन्। बरु घर मालिक्नीबाट गाली र पिटाई सहनुपर्दछ। अन्त्यमा एक बालक्लबका बालबालिका आएर प्रहरीको साहायता लिई बालिकाको उद्दार गर्छन र उसको घरसम्म पुराउन सफल हुन्छन्।

दिप्मा अधिकारी, बिद्या मगर, इसा नापित, ओजस्वी कटवाल, जियाना महर्जन, अनुस्का कटुवाल, दिया महर्जन, निभा महर्जन, सुजता अधिकारी, इनाप महर्जन, नताशा महर्जन, मिस्किना महर्जन, लसता महर्जनलगायतले अभिनय गरेको नाटक आगामी दिनमा अन्य स्थानमा पनि देखाइने आयोजकले जानकारी गराएका छन्। शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीले आगामी दिनमा यस्ता तालिम शैलीको आप्mनै नाटकघरलगायत घुम्ती सिबिरका रुपमा बिभिन्न स्थानमा आयोजना गरिने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्