बर्थडेमाआँचलको खुशी



नायिका आचल शर्माले आफ्नो २२ औ जन्मदिन विभिन्न सामाजिक सेवा गर्दै मनाएकी छिन्। उनले गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा गएर त्यहाँका बच्चाहरुलाई खाने कुरा बाँड्दै केक काटेर मनाईन भने नेपाल स्नेही काखमा गएर त्यहा रहेका वालवालिका तथा महिलाहरुसंग आफ्नो जन्मदिनको खुशी साटिन्।

आँचलले आफ्नो जन्मदिनको अवसरमा पहिलो शुभ कामना भने करीव रातको १२ बजे आफ्ना पारीवारका सदस्यहरुबाट पाईन्। ‘१२ वज्ने बेलामा फ्यामलीका सबै मेम्बर एकसाथ आएर वर्थैडे वीश गर्न‘ भयो। त्यस पछि फ्यान तथा आफन्तको वीश आउन सुरु भयोु उनले भनिन्। सानो बेलामा उपहार पाउने कुराले जन्मदिन विशेष लाग्ने गरेको तथा अहिले पनि आफुलाई प्राप्त कुनै पनि उपहारले त्यतिकै खुशी दिने गरेको आँचलले खुलाईन्।

‘सानो बेला गिफ्ट पाउछु भन्ने कुराले एक्साईटमेन्ट हुन्थ्यो। त्यसैले बच्चैदेखी वर्थडे मनाउन घरमा प्रेसर दिने गर्थेँ। मलाई अहिलेसमम मनाएको वर्थडेमध्ये युकेजी हँ‘दा मनाएको बर्थडे यादगार लाग्छु आँचल सम्झिन्छिन् ‘त्यो बेला १ सय ५० जना साथीहरु र आफन्तलाई घरमा बोलाएर मनाएका थियाँै। सबैलाई बोलाएर बर्थडे मनाउनुको रमाईलो कुरा उनीहरुबाट गिफ्ट पाउन्ु नै हुन्थ्यो। यदि कुनै साथीले गिफ्ट दिएन भने मलाई रीस उठ्थ्योे।ु आँचल खुलाउँछिन् ‘अहिले पनि गिफ्टको एक्सपेक्टेशन भने हुन्छ र गिफ्ट पाउँदा खुशी लाग्छ।ु
कुनै पनि उपहार आफ्नो लागि उत्तिकै मँल्यवान लाग्ने गरेको आँचलले बताईन। ‘मलाई कसैले दिएको सानो गिफ्ट पनि श्पेशल लाग्छ। किनकी त्यो किन्नको लागि पनि त उहाहरुको समय र मेहनत परेको हुन्छ। त्यो गिफ्ट संगै मेरो लागि उहाँहरुको माया पनि जोडीएर आएको हुन्छु उनी भन्छिन् ‘मलाई वुवा ममीले चाहि के को आवश्यकता छ भनेर सोधेर गिप्mट दिनुहुन्छ। यदि गिफ्ट दिएर त्यसको युटिलाईज भएन भने पनि काम हुन्न। त्यसैले उहाहरुले त्यसो गर्न‘ भएको हो।

जन्मदिनमा आउने शुभकामनाले आफुमा थप हौसला मिल्ने आँचलको भनाई छ। ‘वर्थडेको दिन धेरै शुभ कामना आउँछन्। जसको मैले रीप्लाई दिएर पनि भ्याउँदिन। यसरी अँएका वीशहरुले मैले अझै धेरै मेहनत गर्न‘ पर्ने रहेछ भन्ने हौसला थपिन्छ। र म अझै मेहनत गर्छ‘ भन्ने सोच आउँछु आँचल भन्छिन् ‘केहि वर्षदेखी मैले नेपाल स्नेही काखमा आफ्नो वर्थडे मनाउने गरेकी थिएँ। उहाहरुले हिजो फोन गरेर सानो कार्यक्रम राखेको छौँ आईदिनुस भन्नु भयो। यस कराण त्यहाँ गएर पनि म केहि समय रमाए र केक काटेर चक्लेट बाँडे। त्यहा जाँदा यो मेरै घर हो जस्तो लाग्छ। साथै गोकर्णस्थित संयुक्त अपाङ एकता आवाज केन्द्रमा गएर त्यहाका बच्चाहरुलाई खाने कुरा बाडेर केक काटेर उनीहरुसंगै खुशी साटँ।ु

प्रतिक्रिया दिनुहोस्