जम्दै मौलिकताले भरिएको लालुमै



गायक एवम् संगीकार शिव हमालको लालुमै बोलको नयाँ लोक तथा दोहोरी गीतले यतिबेला बजार तताएको छ।
हमालले आप्mनै युट्युब च्यानलबाट लालुमै सार्वजनिक गरेका हुन्। हमालकै शब्द रहेको गीतमा गायिका विष्णु माझी र गायक तथा मोडल सन्दिप न्यौपानेले स्वर दिएका छन्।

पिरतीले सताएर रुमकी हासुम भैछ, जुरेली मोया लालुमै मरिजाउँ ढाँट, दोबाटोजस्ता गाउँघरमा बोलिने ठेट नेपाली भाषाका मौलिक शब्द प्रयोग भएकै कारण गीत हिट भएको छ। मोडल तथा गायक न्यौपानेले समाचारपत्रँग कुरा गर्दै आम नेपालीले मौलिकतालाई आत्मसाथ गरेकैले मौलिक शब्द राखिएका गीतहरु बजारमा हिट हुने गरेको बताए।

लालुमै फरक र भिन्दै गीत बनेका कारण पछेउरी लेउ बैना, कसलाई सोध्ने होला, हास्न सिकायौजस्ता गीतहरू भन्दा पनि हमालको यो पछिल्लो गीत बढी चर्चामा छ। गीतलाई आशिष अविरलले एरेञ्ज गरेका छन्।

म्युजिक भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका छन्। म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन्। गीत गायक तथ मोडल सन्दिप न्यौपानेले ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्