गोली हानेर चार नेता पक्राउ



मोतीराम तिमल्सिना, काभ्रे
नेकपा माओवादी विप्लव समुहको अपराधिक कृयाकलापमा प्रतिवन्ध लगाएसँगै शुरु भएको अप्रेसनमा विप्लव समुह र प्रहरी बीच मुठभेड भएको छ ।

जिल्लाको साविक शिखरआम्बोटे गाविस ८ हालको रोशी गाउँपालिका २ काफलेडाँडामा मंगलबार साँझ विप्लव समुहका नेताहरुलाई नियन्त्रणमा लिने क्रममा मुठभेड भएको हो । नख्खु विस्फोट गराई सर्वसाधारणको ज्यान समेत गएपछि प्रहरीले उक्त घटनामा संलग्नहरुको पहिचान गरी पक्राउ गर्न शुरु गरेको छ । त्यहि क्रममा अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले रोशी गाउँपालिका पुगी विप्लव समुहका नेताहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोली प्रहार गरी झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको छ ।

प्रहरी गएको सूचना पाए लगत्तै उक्त समुह फरार हुन लागेको थियो । प्रहरीले गोली प्रहार गरी झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको छ ।
महाभारत लेकमा रहेको उक्त स्थान चारवटा गाउँपालिकाको संगम मानिन्छ । खानिखोलाको डाँडागगाउँ, बेथान्चोकको भुग्देउ महांकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार क्षेत्र उक्त स्थानको केन्द्र हो ।

मोवाईल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली मंगलबार दिउसैबाट काभ्रेका विभिन्न स्थानमा परिचालन भएको थियो । लोकेसनकै आधारमा विस्फोटमा संलग्न ब्यक्तिहरुको पहिचान सहित पक्राउका लागि एसपी सोमेन्द्रसिं राठौरको कमाण्डमा प्रहरी परिचालन भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का समेतलाई जानकारी नदिई उक्त समुह पक्राउ गर्न पुगेको महाशाखाको टोली राति ११ बजे फर्किएको थियो ।

प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाउन चाहेको छैन । विप्लव समुहले केहि दिन अघि सुरक्षाकर्मी र जनप्रतिनिधिलाई गाउँबाट लखेट्ने उद्घोष गरेको थियो । मंगलबार साँझको घटना पछि जिल्लामा रहेको नेपाली सेना, शशस्त्र प्रहरी र जनपथ प्रहरी सतर्क रहेको छ । नेपाली सेनाले घटना पछि तयारी र सतर्क अवस्थामा रहेको जानकारी गराएको छ । जिल्लामा घटना पछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेको छ । स्थानीयहरुमा भने शशस्त्र द्वन्द्वमा जस्तै भिडन्त हुने हो कि ? भन्ने आशंका पैदा गराएको छ ।

प्रतिक्रिया दिनुहोस्