अझै केही दिन मौसम बिग्रने



काठमाडौं, (नेस)
स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले केही दिन मेघ गर्जन सहित क्षणिक वर्षा दोहोरिने भएको छ । मुलुकका पहाडी भू–भागमा यस्तो गतिविधी जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘अहिले प्री मनसुन (मनसुन पूर्वाद्ध)को गतिविधि सक्रिय भएकाले प्राय हरेक दिन अपरान्हपछि पहाडी भू–भागमा क्षणिक र हल्का हुने मौसमी प्रणाली विकास भएको छ ।’

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्री मनसुनका रुपमा बुझ्ने गर्छन् । यो अवधिमा विहानदेखि दिउँसोेसम्मको मौसम खुला हुने भएपनि अपरान्हपछि एक्कासी मौसम बदलिने गर्छ । प्री मनसुनको समयमा निरन्तर र ठूलो वर्षा नहुने प्रष्ट्याउँदै बासीले भन्नुभयो–‘अब केही दिन मौसमको लुकामारी चलिरहन्छ ।

विहीवारसम्मको मौसम उतार चढाव रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्