मस्तिष्कका लागि च्याउ लाभदायी



सिंगापुरसिटी,(एजेन्सी)
सिंगापुरमा गरिएको स्वास्थ सम्बन्धी एक अनुसनधानले साताको दुई पटक भन्दा बढि च्याउ खानाले साठी वर्ष उमेर माथिका मानिसहरुमा देखापर्ने स्मर(ा शक्ति तथा भाषामा आउन सक्ने समस्याबाट बच्न सकिने पत्ता लागेको छ ।

च्याउमा पाइने अदभूत एन्टिअक्सिडेन्टले मस्तिष्कको षमतालाई जोगाउने सो अध्ययनले पत्ता लगाएको हो । जति बढि च्याउ खाइन्छ उत्ति नै धेरै मानव मस्तिष्कको सोच्ने र प्रशोधन क्षमतामा वृछि भएको पक्षिणले देखाएका ेछ ।
तर अनुसनधानकर्ताहरुले फन्गी र मस्तिष्कबिचको प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्न सम्भव नभएको बताएका छन् । नेसनल युनिभर्सिटी अफ सिंगापुरले ६० वर्ष नाघेका ६ सय ६३ जना चिनिया माथि यो अध्ययन गरेको हो ।

सन् २०११ देखि २०१७ सम्म तिनीहरुको आहार िवहार र जीवन शैली अध्ययन गरिएको थियो । प्रतिसाता कमितमा ३ सय ग्राम भन्दा बढि च्याउ खानेमा बढि सकारात्मक प्रभाव देखिएको छ ।

छ वर्ष सम्म गरिएको यस अनुसन्धानमा थोरै च्याउ खाने र अधिक मात्रामा खाने बिच तुलनाम्क रुपमा अध्ययन गरिएको थियो । अनुसनधानकर्ताहरुले च्याउमा पाइने एक प्रकारको एर्गोथाइओनाइन नामक एन्टिअक्सिडेन्टलाई मानिसहरु आफैले शरिरमा उत्पादन गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्