डाफिन्सको चौथो उपाधि



 

गणेश घिमिरे, इलाम
इलाममा मंगलबार सम्पन्न माईभ्याली गोल्डकप फूटबलको उपाधि क्यामरुनको डाफिन्स फूटबल क्लबले उचालेको छ ।

सदरमुकामको ठूलो टुडिखेलमा भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई २–० गोल अन्तरले पाखा लगाउँदै डाफिन्सले पाँचौं संस्करणको उपाधि उचालेको हो । टोलीलाई उपाधि दिलाउन पहिलो हाफमा भएकै दुई गोल पर्याप्त बन्यो । जसमा यामिक ओआमा र पेटङगाले गोल गरेका थिए । अहन्दाले प्रहार गरेको कर्नरलाई पेटङगाले खेलको नवौं मिनेटमा हेड मार्फत उत्कृष्ट गोल गरेका थिए । सुरुवाटै दबाबमा परेको हिमालयनले दोस्रो गोल २५ औं मिनेटमा खान पुग्यो । २२ यार्ड टाढाबाट यामिकले प्रहार गरेको बल क्रस बारमा लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा दुईगोलले पछि परेको हिमालयनले दोस्रो हाफमा फर्कन धेरै प्रयास गरेपनि सफल हुन सकेन । दोस्रो हाफमा हिमालयन शेर्पाका डेडि बाम्वा दोहोरो पहेँलो कार्ड खँदै मैदान बाहिरीएपछि हिमालयन दश खेलाडीमा सिमित हुन पुग्यो । त्यसपछि झन् डाफिन्सको दबाबमा परेको थियो । तर त्यसको फाईदा भने डाफिन्सले दोस्रो हाफमा भने गर्न सकेन । यो संगै दाफिन्सले नेपालमा यस सिजनमा भएका गोल्डकपमा चार गोल्डकपको उपाधि उचालेको छ ।

यसअघि खप्तड गोल्डकपबाट सहभागिता जनाएको डाफिन्सले बुटवलको तिलोत्तमा गोल्डकप, पोखराको पोखरा कप र धरानको बुढासुब्बा गोल्डकपको उपाधि उचालेको थियो । माइभ्यालीको विजेता डाफिन्सले नगद ७ लाख रुपैंयाँ र हिमालयनले नगद ४ लाख रुपैंयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट
म्यान अफ द म्याच हिमालयनका बिसन गुरुङ (१० हजार)
खेलाडी हिमालयनका किशोर गिरी (टीभीएस मोटरसाइकल)
सर्वाधिक गोलकर्ता हिमालयनका सुनील खड्का (३५ हजार)

विभिन्न विधाका उत्कृष्ट (जनही २५ हजार)
गोलरक्षक डाफिन्सका प्रिसो
डिफेन्डर डाफिन्सका ओकोबोटा
मिडफिल्डर हिमालयनका त्रिदेव गुरुङ
स्ट्राइकर डाफिन्सका पेटंगा
प्रशिक्षक डाफिन्सका कोनराम्बा

 

 

 

प्रतिक्रिया दिनुहोस्