बहु विवाह गर्ने जोडी जेल चलान



गणेश विष्ट, भोजपुर ।
जिल्ला अदालतले वहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्ने आदेश दिएको छ । अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका –२ रानिबास लुङगी घर भएकी १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महिना कैद, १५ हजार जरिवानासंगै पीडितलाई ३० हजार क्षतीपूर्ती भराउने फैसला गरेको जिल्ला अदालत भोजपुरका निमित्त श्रेष्तेदार नवीन कोइरालाले जानकारी दिए ।

जिल्ला न्यायाधिस हरिश्चन्द्र इङनामको इजलासले मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाए तोकेको हो ।

लालबहादुरले निर्मलालाई गत माघ ३ गते दोस्रो श्रीमतीको रुपमा विवाह गरेका थिए । उनीहरुलाई जेठी श्रीमती प्रमिला दर्जीको जाहर पछि गत माघ १० गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्