जात्रै जात्राको माया पिरिम



रिलिजका लागि तयार हुँदै गरेको फिल्म जात्रै जात्राको पहिलो गीत राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
माया पिरिम बोलको गीत निशान भट्टराई र मनिषा पोखरेलले गाएका छन् भने कृष्ण भारद्वाजको संगीत रहेको छ। गीत रचना लेखु सहयात्रीको रहेको छ। गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

गीतको शब्द, संगीत र स्वर उत्कृष्ट छ, जसमा करिश्मा मानन्धर, विपिन कार्की, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पाइली, दयाहाङ राई, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँलगायतलाई फिचरिङ गरिएको छ। फिल्मकै कथाअनुसार फिल्ममा निश्चल, सारा र करिश्मालाई गीतमा फिचरिङ गरिएको कार्यकारी निर्माता तथा कलाकार रवीन्द्रले बताए। ‘एउटा विवाह समारोहमा सेलिब्रेटीलाई नाच्न बोलाइन्छ। यसैले गर्दा उहाँहरू देखिनुभएको हो। अघिल्लोपटक पाएको प्रतिक्रियाको आधारमा यसपटक गीत राख्दै पहिला नै सार्वजनिक गरेका हौं।’ –उनले भने।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मको कथाअनुसार गीतको महŒव रहेको प्रस्ट्याए। ‘अघिल्लो जात्राभन्दा यसमा जात्रै जात्रा छ’, निर्देशक भट्टराईले भने– ‘फिल्मलाई दर्शककै डिमान्डअनुसार बनाउने कोसिस गरेका छौं।’ सिंगे लामा र योगेश्वर पौडेलद्वारा निर्मित फिल्म जेठ ३ गते अल नेपाल रिलिज गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्