ट्रेन दुर्घटना



हंगकंग,(एजेन्सी)
चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगमा सोमवार नयाँ संकेत प्रणालीको परिक्षणको क्रममा दुईवटा सववे ट्रेन आपसमा ठोकिएपछि रेलवे सेवा रोकिएको सरकारी अधिकारीहरुले बताएका छन् । यसबाट लाखौं संख्यामा यात्रुको आवतजावत प्रभावित हुने संभावना रहेको बताइएको छ ।

सोमवार बिहान सर्वसाधारणका लागि रेलवे सेवा खोल्नु अघि सेन्ट्रल र एडमिराल्टी स्टेसनबिच सो घटना भएका ेहो । दुवै ट्रेनमा कुनै याुत्रु नरहेको बुझिएको छ । दुर्घटनामा घाइते हुन पुगेका दुवै ड्राइभरलाई अस्पतलमा लगिएको छ । मर्मतका लागि लामो समय लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्