सुस्मिलाई कांस्य



काठमाडौं, (नेस)
नेपालकी सुस्मि श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् । सुस्मिले महिला ६५ केजीमा कांस्य जितेकी हुन् ।

नेडरल्यान्डस्को हेगमा भएको प्रतियोगितामा सुस्मि होल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । उनी अंकको आधारमा हारेपछि कांस्यमै सीमित भइन् ।

प्रतिक्रिया दिनुहोस्