अफगानिस्तानको अर्को फड्को



नयाँ दिल्ली, (एजेन्सी)
नेपाल भन्दा पछि क्रिकेटमा पर्दापण भएको टोली अफगानिस्तानले अर्को फड्को मारेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) क्रिकेटमा प्रदर्शन निखारि रहेको बेला अफगानिस्तानले टेस्टमा पनि धाक जमाउन थालेको छ । सोमबार आयरल्यान्डमाथि ७ विकेटको जित निकाल्दै टोलीले टेस्टमा पहिलो जित हात पारेको छ ।

आयरल्यान्डले १ सय ४७ रनको लक्ष्य दिएको थियो । चौथो दिन १ विकेटको क्षेतिमा २९ रनबाट शुरु गरेको अफगानिस्तानले थप २ विकेटको नोक्सानी बेहोरेर लक्ष्य भेटाएको थियो । टोलीको जितमा रहमत शाह र एहसानुल्लाह जनतले अर्धसतक प्रहार गरेका थिए । यसअघि आयरल्यान्डविरुद्ध अफगान टोलीले टी२० सिरिज ३–० ले जित्यो भने वानडे सिरिज २–२ बराबरी सकिएको थियो ।

देहरादुनमा भएको टेस्टअन्तर्गत रहमत र जनतले १ सय ३९ रनको साझेदारी गर्दा अफगानिस्तानले ऐतिहासिक जित हासिल ग¥यो । हशमतुल्लाह शाहीदीले विजयी चौका प्रहार गरेपछि अफगानिस्तानको डे«सिङ रुममा खुशीयाली मनाएको थियो । पहिलो इनिङमा ६७ रन बनाएका कप्तान अस्गर अफगानले बताए—यो अफगानिस्तान, टोली र जनताको लागि ऐतिहासिक दिन हो ।

राजीव गान्धी स्टेडियममा आयरल्यान्ड १ सय ७२ रनमा अलआउट भएको थियो । अफगान टोलीले ३ सय १४ रन बनाएर पहिलो इनिङमा १ सय ४४ रनको अग्रता लिएको थियो । यद्दपि आइरिस टोलीले दोस्रो इनिङमा सुधारिएको ब्याटिङ प्रस्तुत ग¥यो । तर त्यो जितको लागि पर्याप्त भएन । एन्ड्रयु बाल्बीर्नीको ८२ रनको सहयोगमा टोलीले २ सय ८८ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्