जावलाखेल ग्रुपको रुसलान गोल्ड रिजर्भ भोड्का



काठमाडौं, (नेस)
जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ ।

भोड्काका पारखीलाई बजारमा पाइरहेकाभन्दा फरक अनुभूति प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ । युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा सम्श्रित सुन जर्मनीबाट आयात गरिएको हो । साथै गुणस्तरीयताको लागि रुसलान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच प्रमाणित ल्याबबाट परीक्षण गरिएको कम्पनीको भनाइ छ ।

‘उत्कृटता, शुद्धता र निर्मलता पस्कनु हाम्रो विरासत हो, जसले हाम्रो विश्वस्तरीय स्ट्यान्डर्डलाई झल्काउ“छ । आफ्ना भोड्का पारखीहरुको प्रकृति र बजारको माग अनुरुप नै प्रस्तुत गरिएको रुसलान गोल्ड रिजर्भ एकदमै नवीनतम् उत्पादन हो । र, हामीले आफ्नो गुणस्तरीयता र स्वादमा केही सम्झौता नगरी यसको सुपथमा पनि धेरै ध्यान दिएका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक राजबहादुर शाहले भन्नुभयो ।‘मनै लोभ्याउने अनुभव चाहने भोड्काका पारखीहरुलाई रुसलान गोल्ड रिजर्भले उत्सुक अनि आकर्षित गर्नेछ ।

विश्वस्तरीय प्रोडक्टहरु ल्याएर बजारमा नयाँ स्ट्यान्डर्ड बनाउ“दा र भोड्काको इन्डस्ट्री स्ट्यान्डर्डलाई माथि पु¥याउन पाउ“दा हामी एकदमै उत्साहित छौं,’ ग्रुप एक्जेक्युटिभ डाइरेक्टर सशिन जोशीले भन्नुभयो ।

रुसलान गोल्ड उत्पादन गर्दा उच्चस्तरीय कच्चा पदार्थ, उत्कृष्ट स्पिरिटहरु तथा विशुद्ध हिमालयको पानी प्रयोग गरिएको कम्पनीको भनाइ छ । रुसलान गोल्ड रिजर्भ यो महिनादेखि काठमाडौंका स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जहरुमा उपलब्ध हुनेछ । यो भोड्का ७५० मिलि, ३७५ मिलि, र १८० मिलिका बोतलहरुमा क्रमशः २२ सय, ११ सय, र ५५० प्रतिबोतलको दरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्