पाइपलाइन विस्तारको काम फेरि शुरु



वीरगन्ज, (नेस)
मोतिहारी अमलेखगन्ज पाइपलाइन विस्तारको काम सोमबारबाट फेरि शुरु भएको छ ।

दुई साता अघि पर्सा राष्ट्रिय निकुञ्जको जंगलका रुख काट्ने क्रममा स्थानीयसंँगको विवादका कारण पाइपलाइन विस्तारको काम रोकिएको थियो । तर, रुख र पाइपलाइनको कामसमेत आफैंले पाउनुपर्ने मागबाट स्थानीय हटेपछि पाइपलाइन विस्तारको काम सुचारु भएको हो । मन्त्रिपरिषद्को निर्णयपछि टिम्बर कर्पोेरेसन अफ नेपालले फागुन १५ गतेदेखि पाइपलाइनमा पर्ने निकुञ्जको ९ किलोमिटरसम्मका रुख काट्न शुरु गरेको थियो ।

रुख कटान रोकिएसंँगै पाइपलाइन विस्तारको कामसमेत ठप्प बनेको थियो । भारतको मोतिहारीबाट आउने पाइपलाइनको भारततर्फको काम दुई महिना अघिनै सकिइसकेको छ । नेपालमा भने नौ किलोमिटर विस्तारको काम बाँकी छ ।

रुख कटान र पाइपलाइन विस्तारसँंगै ४५ दिनभित्र सबै काम सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।मोतिहारी अमलेखगन्ज पाइपलाइनबाट वैशाखभित्रै पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्