नायिका रेखा थापा बनिन् क्रिकेट टिमकी मालिक



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं सुपर च्याम्पियन्स क्रिकेट टिमकी मालिक अभिनेत्री रेखा थापा बनेकी छिन् ।

आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्। कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ। काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्।

प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउन अक्सन हुने र अक्सनको मिति चाँडै घोषणा गरिनेछ ।

प्रतियोगिता आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्