अब सिके राउतको पार्टीको नाम ‘जनमत पार्टी’, राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति गठन



नेपाल समाचारपत्र, सिराहा ।

सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) ले नाम परिवर्तन गर्ने निर्णय गरेको छ । सिराहाको लाहनमा सोमबार सम्पन राष्ट्रिय परिषद् बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।
बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्