आजदेखि बुधबारसम्म मेघ गर्जनसहित पानी पर्ने



काठमाडौँ । आजदेखि बुधबारसम्म मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण ३ दिन सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्