वाइडेनले झुकिएर चुनावी उम्मेदवारी दिएको खुलासा



वासिंगटन,(एजेन्सी)
सन् २०२० को अमेरिकी चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्न देखापरेका जोय वाइडेनले तत्कालै आफ्नो त्रुटी सच्याएका छन् । अमेरिकाका पुर्व उपराष्ट्रपति वाइडेनले आफ्नो गृहनगर डेलावरमा आयोजित एक रात्रिभोजको दौरान १ हजार डेमोक्रेटलाई सम्वोधन गर्ने क्रममा भुकिएर आफ्नो उम्मेदवारी घोषणा गर्न पुगेका थिए ।

उनले अमेरिकाको चुनाव लड्न लागेकाहरु मध्ये आफ्नो किर्तीमान सबैभन्दा उत्कृष्ट रहेको भन्न पुगेका थिए । उनको कुरा सुनेर त्यहाँ उपस्थित सबैले जुरक्क उठेर , ‘ उठ्नु जोय उठ्नु ’ भन्न थालेपछि तत्कालै उनले आफ्नो कुरा सच्याएका थिए । डोभर शहरमा पार्टी समर्थक र नेताहरुलाई सम्बोधन गर्दै ७६ वर्षिय वाइडेनले भनेका छन् , ‘ अब राष्ट्रको मेरुदण्ड पुनस्र्थापना गर्ने समय आएको छ । तर जोखिमपुर्ण वर्तमान राजनीतिक वातावरणमा राजनीतिक सहमतिको आवश्यकता रहेको छ । ’

उनले लोकप्रिय नयाँ वामपन्थि डेमोक्रेटहरुको समुहलाई इँगित गर्दै तिनीहरुले आफ्नो आलोचना गर्ने गरेको पनि बताएका थिए । वाराक ओवामाको दाहिने हात मानिने वाइडेन सन् २००९ देखि २०१७ सम्म सत्तामा रहेका थिए ।

उनले सन् २०२० कोचुनाव शताब्दिकै सबैभन्दा महत्वपुर्ण रहने प्रतिक्रिया दिएका छन् । उनले पनि चुनावमा उम्मेदवारी दिने उत्सुकता पुर्वक अनुमान गरिएको थियो । यसअघि न ै१५ जना डेमोक्रेटले चुनावी उम्मेदवारी दिइसकेका छन् । उम्मेदवारी दिने सिनेटरहरुमा एलिजावेथ वार्रेन , क्यामाला ह्यारिस र बर्नि स्यान्डर्स लगायतका छन् ।

 

प्रतिक्रिया दिनुहोस्