एट्लेटिकोलाई बिल्बाओले हरायो



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मेड्रिड पराजित भएको छ ।

एट्लेटिकोलाई एथ्लेटिक विल्वाओले २–० ले पराजित गरेको हो । एट्लेटिको जितमा इनाकी विलियम्स र केनन कोड्रोले गोल गरेका थिए । पहिलो हाफसम्म गोलबिहीन उक्त खेलको ७३औं मिनेटमा इनाकीको गोलमार्फत् बिल्बाओले अग्रता लिएको थियो । यस्तै खेलको ८५औं मिनेटमा विलियम्सले दोस्रो गोल गरेका थिए । एट्लेटिकोको हारले भने शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ ।

एट्लेटिको पराजित हुँदा बार्सिलोनासँग अंकदूरी कम पार्ने अवसर गुमाएको हो । यस्तै तेस्रो स्थानको रियल मेड्रिडलाई पनि फाइदा पुगेको छ । हारपछि एट्लेटिकोको २८ खेलबाट ५६ अंक छ भने समान खेलबाट रियलको ५४ अंक छ ।

ला लिगा अन्तर्गत शनिबारै भएको अन्य खेलहरुमा जिरोनाले लेगानेसलाई तथा रियल मेड्रिडले सेल्टा भिगोलाई समान २–० गोलअन्तरले पराजित गर्दा एलाभेजले हुएस्कालाई ३–१ ले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्