‘डिजिटल’ मालपोतको अभियान शुरू



काठमाडौं, (नेस)
सरकारले सेवाग्राहीलाई सहज बनाउन र तथ्यांकको रेकर्ड सहज रुपमा राख्न ‘डिजिटल’ मालपोत बनाउने अभियान थालेको छ ।भँमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले ‘डिजिटल’ मालपोत बनाउने अभियानको शुरुवात गर्दै सो जानकारी दिनुभएको हो ।

सरकारले सहज कार्यसम्पादन गर्नको लागि मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन मन्त्री अर्यालले अभियानको औपचारिक शुरुवात भएको बताउनु भएको छ ।

मालपोत कार्यालयलाई नमुना बनाउने अभियान पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट शुरू गरिने भँमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताउनुभयो। मन्त्रालयले मालपोत कार्यालय कलंकीलाई डिजिटल बनाउन अभियानको पहिलो कार्यालय बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्