बिप्लव सिन्धुली तिर, प्रकाण्ड दाङमा



काठमाडौ । बिप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ ।

हाल सिन्धुलीमा रहनु भएका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहांहरुको कदम अहिले सम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

सो पार्टीका प्रवक्ता समेत रहनु भएका बिश्वकर्मा अहिले दाङमा रहनु भएकाले उहांको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ । एक सुरक्षा अधिकारीले भने अन्य नेताहरुको बारेमा पनि हामी अपडेटमा नै छौं । उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीले पनि छुट्टै रणनीति बनाएका छौ भन्दै ती सुरक्षा अधिकारीले कस्तो रणनीति भन्ने बारेमा खुलाउन चाहेनन ।

यता नेकपा माओवादी बिप्वल समुहमाथि प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ ।

देशका बिभिन्न भागबाट उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरी राज्य बिरुद्धको अपराधमा कारवाही गर्ने तयारी गरेको बताइए छ ।

बिषेश गरी रुकुम रोल्पा लगायतका क्षेत्रमा हतियार सहित आफ्ना कार्यकर्तालाई तालिम दिन थालेपछि सरकारले उनीहरुको सबै गतिबिधिलाई नियाल्दै सुरक्षा फौजलाई परिचालन गरेको छ । बिप्लव माओवादीको प्रभावित क्षेत्रमा रहेका सुरक्षा निकायका इकाइमा थप जनशक्ति पठाउने काम समेत सरकारले गरेको छ ।

सरकारले बिप्लव प्रभावित क्षेत्रका सुरक्षा युनिटलाई हतियार र जनशक्ति थप गर्न समेत निर्देशन दिएको छ । बिप्लवले बिगतको माओवादी युक्तको झ–झल्को दिने गरी युद्ध अभ्यास गरेको तस्बीरहरु सुरक्षा निकायले फेला पारेपछि अहिले मुलुकभरको सुरक्षा ब्यवस्थालाई कडा बनाइएको दावी गृह मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्