सलमान र शाहरूख फेरि सँगै



बलिउड अभिनेता शाहरूख खानको फिल्म जिरोमा जब सलमान खानलाई देखे, दर्शक अर्को फिल्ममा पनि उनीहरू दुवैलाई सँगै हेर्न आतुर भए।

अब उनीहरूको यो चाहना चाँडै पँरा हुने भएको छ। खबरअनुसार निर्देशक सञ्जयलीला भन्सालीको फिल्ममा एकसाथ आउँदै छन्। अहिले उक्त खबरको पुष्टि भएको छैन। तर, रिपोर्टअनुसार उक्त फिल्ममा शाहरूख मुख्य भँमिकामा रहनेछन् भने सलमानको पनि अहम् भँमिका रहनेछ।

फिल्म जिरोमा सलमान खानको केमियो तथा फिल्म ट्युबलाइटमा शाहरूखको गेस्ट अपिरेन्सलाई छोड्ने हो भने सलमान र शाहरूख अन्तिमपटक फिल्म हम तुम्हारे हे सनममा देखिएका थिए। अब यी दुई स्टारलाई भन्सालीले एकै फिल्ममा ल्याए भने दर्शकको लागि खुसीको कुरा हुनेछ।

प्रतिक्रिया दिनुहोस्