काभ्रे गोल्डकप अर्को सातामा



काभ्रे, (नेस)
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक ठुलो धनराशी पुरस्कारको प्रथम काभ्रे गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चैत्र ७ गते देखि १७ गतेसम्म धुलिखेलको खेल मैदानमा काभ्रे जिल्ला फुटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा ए डिभिजनका ६ क्लब सहभागि हुनेछन् । आयोजक जिल्ला सहित छिमेकी जिल्ला फुटबल संघहरु समेत गरी १० वटा टोली सहभागि हुनेछन् । संकटा क्लव, नेपाल आर्मी क्लव, एपिएफ क्लव, जावालाखेल क्लव, फ्रेण्डस क्लव, प्ले फर अत्तरिया स्पोर्टस क्लव कैलाली सहभागि हुनेछन् । त्यस्तै काभ्रे जिल्ला फुटबल संघ, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ रहेका छन् ।

प्रतियोगितामा विजयी हुने टोलीले नगद ४ लाख रुपैया प्राप्त गर्नेछ भने दोश्रो हुनेलाई २ लाख रुपैया प्रदान गरिनेछ । पुरस्कारका लागि १० लाख रुपैया खर्च हुने आयोजकले जानकारी दिएको छ । खेल मैदान पूर्वाधार निर्माण, खेल सामाग्री लगायतमा झण्डै ४५ लाख रुपैया खर्च हुने संयोजक निरोज श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा ब्यवसायी तथा समाजसेवी जंगबहादुर जंगमले जिल्लाका खेलाडीहरुका लागि टिर्सट हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्