टाशीले जिते हुन्डाइ ओपन



काठमाडौं, (नेस)
टाशी डोङले गोकर्ण गल्फ क्लबमा शनिबार भएको हुन्डाइ ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । डोङले ३९ अंकसहित उपाधि जितेका हुन् । उनको माधव सिम्खडासँग अंक बराबर भएपछि टाई भएको थियो ।

जसमा ब्याक काउन्टमा उनले बाजी मारे । ब्याक काउन्टमा डोङले १९ अंक बनाउँदा माधवले १७ अंक मात्रै जोडेका थिए । महिलातर्फ कल्याणी मोक्तानले उपाधि जितिन् । उनले रेखा घिमिरेसँग टाइ हुँदा ब्याक नाइनमा १४ अंकको सहयोगमा उपाधि जितेकी थिइन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा प्रायोजित प्रतियोगिता ३÷४ ह्यान्डीक्यापसँगै स्टेबल फरम्याटमा खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्