काँग्रेस चाउरियो आफै



पार्टी कमजोर हुनु, संसदमा सिट संख्या घट्नु अनि जनमानसमा पार्टीको इज्जत प्रतिष्ठा ह्वात्तै खस्किनुको मुख्य दोष एकले अर्का नेतालाई देखाउँदा देखाउँदै काँग्रेस नेताहरको वायोडाटा बढ्या छ । आरोप प्रत्यारोपमा उत्रिएरै अर्को महाधिवशेन आएको काँग्रेस नेताले अझै थाहा नपाएका हुन् कि थाहा नपाएझै ग¥या हुन् धरहराले बुझ्न सक्या छैन ।


पार्टी खस्किने अन्य पनि धेरै कारण होलान् तर काँग्रेस चाउरिनुपर्ने आफ्नै कारण रै’छ भन्ने कुरा यो रसिदले दूधको दूध पानीको पानी पार्छ । तत्कालिन पार्टी सभापनि शुशिल कोइरालाले स्वर्ग टेक्या कति वर्ष भइसक्यो तैं पनि काँग्रेस उनै शुशिल नै सभापति हुन् भन्दै अझै पनि पार्टी सदस्यता बाढिरा’छ । लौ हेरौ त रसिद, अनि काँग्रेस कसरी लागोस अघि ?

 

प्रतिक्रिया दिनुहोस्