कृष्णमोहन ब्याडमिन्टन चैत १० गतेबाट



काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल, नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही चैत्र १० गतेबाट ‘१५औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५ शुरू हुने भएको छ।

९ इभेन्ट समावेश रहेको उक्त प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको आयोजकले जनायो। यसैगरी सोही मितिबाट ११औं सहवीर स्मृति खुल्ला लनटेनिस र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ संचालन हुनेछन्। भने १३ वटा इभेन्ट्स समावेश लनटेनिस प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ९५ हजार रुपैयाँ रहेको जनायो। भलिबलको कूल पुरस्कार राशि ४ लाख ५५ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्