प्रणव शिखर इन्सोरेन्सको ब्रान्ड एम्बासडर



काठमाडौं, (नेस)
शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

त्यसमा प्रणवलाई ब्रान्ड एम्बसडर वापत मासिक नगद प्रदान गर्नुका साथै प्रशिक्षणका लागि आवश्यक सामाग्री खरिद गर्न रकम पनि उपलब्ध गराउने छ। प्रणवले प्रायोजनले आफ्नो खेलमा अझ सुधार ल्याउन मद्दत पुग्ने बताउदै प्रायोजनका लागि शिखरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्