झमेलामा कलंकी कोटेश्वरको सर्भिस ट्र्याक



sf7df8f}sf] sf]6]Zj/‰ÛÒsnÌ?L rqmky ;8s v08 lkr ug]{ qmd k’/f eO;s]kl5sf] b[Zo . tl:j/ M lah’ dxh{gÌásflGtk’/

नेपाल समाचारपत्र
काठमाडौं
चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको विभिन्न भागमा सर्भिस ट्र्याक निर्माणको काम अझैसम्म सम्पन्न हुन सकेको छैन।

उक्त खण्डको १० दशमलव ३९ किलोमिटर खण्डको सर्भिस ट्र्याकबाहेकको सडक, तीनवटा आकाशे पुल र कलंकीमा अन्डर पास निर्माण सम्पन्न गरी नेपाल सरकारलाई चीन सरकारले हस्तान्तरण गरिसकेको छ।

बजेट अभावले काम अघि बढेन

पछिल्लो संशोधित सम्झौताअनुसार सडकको मुख्य काम चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न गर्नुपर्ने थियो भने सर्भिस ट्र्याक नेपालले निर्माण गर्नुपर्ने थियो।

त्यहीअनुसार सडक विभागले कामसमेत अघि बढाइसकेको छ तर अझैसम्म पनि उक्त काम सम्पन्न हुन सकेको छैन। कुनै खण्डमा बजेट अभाव देखिएको छ। बजेट अभावले नै त्यस खण्डमा ठेक्कासमेत लागेको छैन भने कुनैमा अदालतको अन्तरिम आदेशले काम रोकिएको छ।

बजेट अभावकै कारण बालकुमारी, ग्वार्काे, धोबीघाट, खसीबजार गरी २ दशमलव ५ किलोमिटर सडक खण्डको ठेक्का लगाउन नसकिएको सडक विभागका इन्जिनियर निरञ्जन शर्माले बताउनुभयो। ‘बजेट अपुगकै कारण सर्भिस ट्र्याकको ठेक्का खुलाउन सकिएको छैन। के कति बजेट अपुग हुने हो भन्ने विषयमा मूल्यांकन भइरहेको छ।’ –उहाँले भन्नुभयो।

त्यस्तै बल्खु, एकान्तकुना करिब एक किलोमिटरमा काम भइरहे पनि अझै सम्पन्न हुन सकेको छैन। तीन ठेकेदार खटेर असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। विभागका इन्जिनियर शर्माले धोबीघाट र बालकुमारी गरी दुई स्थानमा अदालतको अन्तरिम आदेश भएकाले काम अघि बढ्न नसकेको दाबी गर्नुभयो। ‘अदालतको आदेशकै कारण धोबीघाट र बालकुमारीमा साइट क्लियर गर्न नपाएर काम रोकिएको छ’, उहाँले भन्नुभयो– ‘एक वर्षदेखि अदालतको आदेशले काम रोकिएको अवस्था हो।’

बाँकी काम विस्तारै गरिरहने योजनामा विभाग रहेको उहाँले बताउनुभयो।

सवारी चाप र जनघनत्वलाई मध्यनजर गर्दै विस्तार गरिएको यो सडक यात्रुमैत्री नभएको भन्दै चर्काे विरोधसमेत भइरहँदा समयमै बाँकी काम सम्पन्न नहुँदा यात्रुले थप कष्ट बेहोरिरहेका छन्। निर्माण कार्य रोकिँदा भने ती सडक खण्ड सवारी गुड्नेको साटो सवारी पार्किङस्थल, सामग्री थुपार्ने थलो बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्