मेचीनगरले टेरेन जिससको निर्देशन



नेपाल समाचारपत्र, भद्रपुर ।
मापदण्ड बिपरित झापाका खोला उत्खनन भइरहेपनि जनप्रतिनिधिले वास्ता नगरेको पाइएको छ । केहीदिन अघि झापा जिल्ला समन्वय समितिले मेचीनगरको निन्दा खोलाको अनुगमन गरेको थियो । जिल्ला समन्वय समितिको निर्देशन मेचीनगरले अटेर गरेको छ । अगनुमन गर्दा पूरै खोला मापदण्ड बिपरीत उत्खनन् गरेको भेटिएको समन्वय समितिका प्रमुख सोमनाथ र्पोतेलले बताए ।

त्यसपछि मेचीनगरका पूर्र्वाधार बिकास समितिका संयोजक कृष्ण खनाललाई जताभावी खोला उत्खनन् रोक्न निर्देशन दिएको थियो तर, नगरपालिकाले निर्देशन लागू नगरी मापदण्ड बिपरित निन्दा खोला उत्खनन गरिरहेको छ । ठेकेदारले डोजर लगाएर खोला उत्खनन् गरिरहेका छन् । समन्य समितिले झापाको १५ वटै स्थानीय तहलाई डोजर लगाएर खोला दोहन नगर्न नगरपालिका र गाँउपालिकालाई सुचना जारी गरेको र्पोतेलले बताए । तर बुधबार निन्दा खोलामा जेसिभी लगाएर खोला दोहन गरेको भेटिएको छ ।

समन्वय समितिले पठाएको पत्र प्राप्त नभएको खनालले बताए । सुचना प्राप्त भएमा कार्यापालिको बैठकमा ठेकेदारलाई बोलाएर जेसिभीबाट खोला उत्खनर्न रोक्न आदेश दिने बताए ।

खोलाबाट बालुवा गिट्टी उत्खनन गर्दा डोजर प्रयोग गर्नु परेमा समन्य समितिको सिफारिस चाहिने भने पनि मेचीनगरका जनप्रतिनिधिले समन्वय समितिको नियम बिपरित खोला उत्खनन गरेकोमा आपति जनाएका छन् ।

नगर र गाउँपालिकालाई निर्देशन दिइसकेकोले ठेक्का लगाएको भन्दा अन्यत्र क्षेत्रमा खोला दोहन गरेको भेटिएमा जेसिभी र ट्रयाक्टरलाई नियन्त्रणमा लिने जानकारी उनिहरुलाइ दिइसकेको छ भने रोक्नका लागि प्रहरी प्रशाशनलाई निर्देशन दिएको उनले बताए । ठेकेदार कम्पनी श्री बिनिता टेड्रस सप्लार्सले खोला ठेक्का लिएको छ । अनुगमनको क्रममा ठेकदारले यस्तो कार्य नगर्ने टोलीलाइ जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्