भारतीय ४० थान बोइलर कुखरा नष्ट



भद्रपुर(ने.स) ।
भारतीय ४० थान बोइलर कुखरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । भद्रपुर ३ स्थित मेचीपारी प्रहरी चौकी र वडा प्रहरी कार्यालय भद्रपुरले संयुक्त रुपमा शुक्रबार विहान बरामद गरेको वडाका इन्सपेक्टर यम कुमार श्रेष्ठले जनाए ।

भारतबाट साइकलमा राखेर ल्याउदै गरेको कुखुरालाइ नियन्त्रणमा लिएको उनले जनाए । अन्दाजी एकसय किलोमा रहेका कुखुरालाइ सरोकारवालाहरुको रोहवरमा पशु क्वारेन्टाइन परिसरमा नष्ट गरिएको उनले जानकारी दिए ।

भारतमा कुखुराको मासु नेपालको भन्दा सस्तो पर्ने भएकोले यसको तस्करी बढेर गएको छ । नेपालमा कुखुरालाइ प्रतिबन्ध लगाइएको छ । कतीपय कुखुरा फारमले समेत भारतीय कुखुराको कारोबार गर्ने गरेको पाइएको छ । झापाका सीमावर्ती क्षेत्रमा खोलिएका फारमले प्रहरीलाइ मिलाएर दैनिक रुपमा कुखुरा ल्याउने गरेको स्थानीयले आरोप लगाएका छन् ।

कारोबारीले साइकल र मोटरसाइकलमा ल्याउदै गरेको कुखुरा बरामद गरेपनि मोटरसाइकलसँगै मान्छेलाइ व्यवहारिक्ता हेरेर छाड्ने गरेको छ । कुखुरासँगै अन्य तस्करीका सामानमा समेत यो चलन बेलाबखत प्रहरीले लागू गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्