सम्बन्ध विच्छेदको घटना बढ्दो



सर्लाही (नेस)
जिल्ला अदालत सर्लाहीमा सम्वन्ध विच्छेदका १०९ वटा मुद्दा परेको छ ।जस मध्ये ५३ वटा मुद्दा फर्छौट भएको श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिनुभयो ।आर्थिक वर्ष ०७४÷०७५ मा पुरुषले ४८ महिलाले ४१ संयुक्त पति पत्नी दुवैको तर्फबाट २० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।

पुरुषले दर्ता गराएका ४८ मुद्दामा सात वटा भर्छौट भएको र महिलाले दर्ता गराएका ४१ मध्ये २६ वटा मुद्दा फर्छौट भईसका छन । पति पत्नी दुवै तर्फको संयुक्त रुपमा परेका २० वाटा मुद्दा सबै फर्छौट भएका छन । गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट सम्बन्ध बिच्छेदका मुद्दा दर्ता बढी दर्ता गर्ने सख्या बढेको हो। बैदेशिक रोजगार, घरेलु हिंसा र आपसी वादविवादको कारणले सम्बन्ध विच्छेदका घटना बढेको अदालतले जनाएको छ।

अहिलेको कानुनमा पुरुषले सहजै अदालत गएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानुन बनेपछि वैदेशिक रोजगारीबाट फर्केका पुरुषहरुले बढी संम्वन्ध विच्छेद गर्ने गरेका हुन। यश भन्दा पहिले पुरुषले संम्बन्ध विच्छेद गर्न चाहादा पनि (गाविस वा,नगरपालिकाको) सिफारिस लिएर अदालत गएरपछि मात्र सम्बन्ध विच्छेद हुने गरेकोमा अहिले सिधै अदालत जाँन सक्ने नया कानुनले अधिकार दिएपछि यो सख्या बढेको बरहथवा नगरपालिका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिनुभयो ।

नेपालीको जारी मुलुकी देवानी संहिता २०७४ को भाग ३ को पारिवारिक कानुनको परिच्छेद ३ ले पति पत्नी बिच चित्त नबुझे सम्बन्ध विच्छेद गर्न सक्ने कानुनले व्यवस्था गरेको छ।यो कानुन बनेपछि पति पत्नी बिच सम्बन्ध विच्छेद सहज भएकाले संख्या बढेको हो

प्रतिक्रिया दिनुहोस्