कुहिएका खाना ख्वाउने बिद्यालय प्रति जनआक्रोस



बेइजिंग,(एजेन्सी)
चीनको अत्यन्तै प्रतिष्ठित बिद्यालयहर मध्ये एकको क्यान्टिनमा म्याद नाघेका र कुहेका खाद्यान्नको थुप्रो फेलापरेपछि सर्वसाधारण जनता निकै आक्रोसित हुन पुगेका छन् । चेंग्दु नम्वर ७ एक्सपेरिमेन्टल हाइ स्कुलमा ढुसी परेको रोटी , र कुहिएका मासु तथा सामुदि«क खाद्य पदार्थ फेला परेका हुन् ।

एकजना आक्रोसित अभिभावकले ति खाना हेर्दै डरालाग्दा र घिनलाग्दा देखिएको तथा तिनीहरु सुंगुरलाई ख्वाउनमात्र लायक भएको विविसिलाई बताएका छन् । सो बिद्यालयले क्षमायाचना गर्दै यस घटनाको कारण निकै लज्जित हुनु परेको स्विकारेको छ ।

चीनमा खाद्यान्न सुरक्षा वा गुणस्तर समबन्धमा लापरवाही हुनु असामान्य घटना होइन । यस्तो घटनाका कारण पटक पटक सर्वसाधारण आक्रोसित हुने गरेका छन् । चीनको सिचुआन प्रान्तको राजधानी शहर चेंग्दु स्थित उक्त निजी हाइस्कुलमा सोमवार केहि अभिभावकलाई वृक्षारोपण कार्यक्रममा सहभागि हुन आमन्त्रण गरिएकोबेला यस काण्डको भण्डाफोर भएको हो ।

ति अभिभावकहरु स्कुलको भान्छाघरमा किने पसे भन्ने कुरा स्पष्ट हुन सकेको छैन । तर लुलु लुओ नामक एकजना अभिभावकले विविसिलाई भनेका छन् , ‘ गत नोभेम्वरको शुरुमा यस बिद्यलयका थुप्रै बिद्यार्थीमा पेट दुख्ने , कब्जियत लगायत अन्य धेरै स्वास्थ सम्बन्धी समस्या देखापरेको थियो । ’

आफ्ना छोरा र छोरी पढाउँदै आएका एक अर्का अभिभावकले ति खाद्य पदार्थ वर्षौंदेखि फ्रिजरमा राखिएको जस्तो देखिएको र सुंगुरको मासु गन्हाएको तथा अदुवाको हालत समेत हेर्न लायक नभएके बताएका छन् । यस निजी बिद्यालयमा अन्य सरकारी बिद्ययालयमा भन्दा करिव २० गुणा बढि अर्थात अभिभावकले वर्षको ५ हजार ८ सय अमेरिकी डलर तिर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्