मसुदलाई आतंकवादी सुचीमा राख्ने प्रस्ताव चीनले रोक्याे



न्युयोर्क (एजेन्सी)
चीनले पाकिस्तान स्थित कट्टरपन्थी समुह जैश ए मोहम्मदका संस्थापक मौलाना ममुद अजहरलाई अन्तराष्ट्रिय आतंकवादीको कालो सुचीमा समावेस गर्ने प्रस्तावलाई रोकेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिका, बेलायत र फ्रान्सका तर्फबाट मसुद अजहरलाई संयुक्त राष्ट्रको आतंककारीको कालो सुचीमा समावेस गर्ने प्रस्ताव पेश गरेका थिए । चीनले बुधबार त्यसलाई रोकेको थियो ।

सुरक्षा परिषदलाई दिएको आफनो टिप्पणीमा चीनले मसुद अजहरमाथि प्रतिबन्ध लगाउने याचिकालाई बुझ्न समय चाहेको उल्लेख गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

मसुद अजहरलाई संयुक्त राष्ट्रद्वारा अन्तराष्ट्रिय आतंकवाद घोषित गर्न प्रस्ताव ल्याएको यो तेस्रो पटक हो । चीनले यसअघि सन् २०१६ र २०१७ मा मसुद अजहरमाथि प्रतिबन्ध लगाउने प्रयासलाई रोक लगाइसकेको छ । अजहरको संगठन जैश ए मोहम्मदलाई सन् २००१ मा नै आतंकवादी संगठन घोषित गरिसकेको थियो ।


यदि उनलाई यस सुचिमा समावेश गरियो भने उनी माथि यात्रा प्रतिबन्ध लाग्ने छ र उनका अन्तराष्ट्रिय सम्पत्ति जफत गरिनेछ ।

मसुद अजहरको संगठन जैश ए मोहम्मदले हालै मात्र भारत प्रशासित काश्मिरको पुलवामामा भएको कट्टरपन्थी हमलाको जिम्मेवारी लिएको थियो । उक्त हमलामा भारताका कम्तिमा ४० सुरक्षा बल मारिएका थिए ।
संयुक्त राष्ट्रमा भारतका स्थायी दुत सैयद अकबरउद्दिनले ट्विटमा चीनको नाम नलिए पनि संकेत गरेका छन् । उनले भारतको प्रयासमा समर्थन गर्ने सबै देशलाई धन्यवाद दिएका छन् ।

यसअघि चीनले मसुद अजहरलाई लिएर आफनो स्थिति स्पष्ट गर्दै आएका थिए । सन् २०१८ अक्टोबर २३ मा चीनको विदेश मन्त्रालयले आफनो नियमित प्रेस सम्मेलनमा भारतले मसुदलाई संयुक्त राष्ट्रको आतंकवादीको सुचीमा समावेश गर्न चाहेको तर यस विषयमा चीनले आफ्नो निति स्पष्ट पारिसकेको बताएका थिए । चीनले आतंकवाद विरोधी सहयोगमा सँधै अगाडी बढेर सहभागिता जनाउँदै आएको र हरेक मामिलामा त्यसको स्तरका आधारमा निर्णय लिँदै आइरहेको जनाएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए– हामी भारतसँग आतंकवाद विरोधी र सुरक्षा सहयोगलाई बलियो गर्न चाहन्छौं र दुबै देश मिलेर क्षेत्रिय शान्ति र सुरक्षामा काम गर्नेछांै ।

प्रतिक्रिया दिनुहोस्