विना सम्झौता ब्रेक्जिटको प्रस्ताव संसदबाट अस्विकृत



लन्डन (एजेन्सी)
बेलायतका सांसदले युरोपेली संघबाट बिना कुनै सम्झौता बाहिरिने प्रस्ताव अस्विकृत गरेका छन् । उक्त मुद्दामा संसदमा भएको मतदानमा ३ सय ८ विरुद्ध ३ सय १२ मतले प्रस्तावलाई अस्विकार गरिएको हो ।

संसदको यो निर्णय कानुनी रुपमा बाध्यकारी फैसला भने होइन, यसको अर्थ बेलायत युरोपेली संघबाट बाहिरिँदैन भन्ने होइन । तर यसले अब सांसदले बक्जिटलाई केही समयका लागि पन्छाउने वा नपन्छाउने भन्ने मुद्दामा मतदान गर्न सक्छ ।

यस मुद्दामा मतदान अब विहिबार हुने छ । यदि ब्रेक्जिटलाई अहिलेका लागि रोक्ने प्रस्ताव पारित हुन्छ र युरोपेली संघ पनि यसका लागि तयार हुन्छ भने बेलायत पहिले नै निर्धारित तिथि मार्च २९ मा युरोपेली सघबाट बाहिरिने छैन ।
सरकारले बिना कुनै सम्झौता मार्च २९ मा युरोपेली संघबाट बाहिरिने प्रस्ताव राखेको छ । तर सांसदले कुनै पनि सर्तमा बिना सम्झौता ब्रक्जिटबाट बाहिर नजानेमा भोट दिएका छन् ।

यसबिच सांसदहरुले युरोपेली संघबाट बेलायत बाहिरिने समय सन् २०१९ मे २२ सम्मलाई सार्ने प्रस्तावलाई पनि अस्विकार गरेका छन् । उक्त प्रस्तावलाई १ सय ६४ विरुद्ध ३ सय ७४ मतले अस्विकार गरेको हो ।

यसको अर्थ विना सम्झौताको ‘प्रबन्धित बे्रक्जिट‘ हुनेछ । उक्त प्रस्ताव प्रधानमन्त्री टेरिजा मे, कन्जरभेटिवका निकट पुर्व सहयोगी सांसद डेमियन ग्रिनले प्रस्तुत गरेका थिए । बे्रक्जिटको समर्थन र विरोध गर्ने प्रमुख नेताहरुले भने यसको समर्थन गरेका थिए ।

मंगलबार युरोपेली संघबाट बाहिरिने मेले ल्याएको सम्झौता मस्यौदालाई सांसदले दोस्रो पटक पारीत गर्न अस्विकार गरेका थिए । सम्झौताको मस्यौदालाई यो पटक २ सय ४२को विपक्षमा ३ सय ९१ मतले अस्विकृत गरेका थिए । यो गत जनवरमा भएको मतदानको अन्तर भन्दा धेरै हो ।

यसअघि टोरी एमपीजेका उपाध्यक्षले सरकारको हार भएमा पुन आम चुनाव गराउनु पर्ने स्थिति आउन सक्ने बताएका थिए । उनले संसदमा अहिले जुन स्थिति छ त्यो स्थायी नभएको बताएका थिए

प्रतिक्रिया दिनुहोस्