मन्त्रीको मुखैमा मुक्का प्रहार !



वेलिंगटन,(एजेन्सी)
न्युजिल्यान्डको जलवायु परिवर्तन मन्त्रीमाथि संसद तर्फ जाँदै गर्दा बाटोमा शारिरीक आक्रमण गरिएको सरकारी संचार माध्यमले विहिवार जनाएको छ । ग्रिन पार्टीका उप नेता पनि रहेका जेम्स सलाई विहान सवेरै वेलिंगटनमा मुखमा मुकका प्रहार गरिएको हो ।

तर उनलाई गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री जासिन्दा आर्डेनले न्युजिल्यान्डमा यस्तो घटनाको अपेक्षा नगरिएको प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुलाई भनेका छन् , ‘ न्युजिल्यान्डमा राजनीतिज्ञहरु खुल्लाखुला हिंड्ने वातावरण रहेको छ । यस प्रति हामी गौरव पनि गर्दछौं ।

तर यस घटनाले राजनीतिज्ञहरुको स्वतन्त्रता माथि प्रश्न चिन्ह खडा भएको छ । हामी जनाताको सेवामा समर्पित छौं । तर आजको घटनालाई हामी सस्वकार्न सक्तैनौं । ’

यस घटनाको सिलसिलामा एकजना ४७ वर्षिय पुरुषलाई प्रहरीले गिरफतार गरेको छ । उनलाई शुक्रवार अदालतमा पेश गरिने बताइएका ेछ । ग्रिन पार्टीको प्रवक्ताले यस घटनाका ेकडा शब्दमा भत्सर्ना गर्दै पिटाएको कारण आँखामा निलो डाम परेका मन्त्री स उपचारका लागि अस्पताल पुगेको जनाएका छन् ।

यो हमला राजनीतिक पुर्वाग्रहबाट प्रेरित रहेको वा नरहेको भन्ने स्पष्ट हुन सकेको छैन । तर व्यापार मन्त्री डेविड पार्करले ति आक्रमणकारीले संयुक्त राष्ट्र संघको विषयलाई लिएर चिच्याउँदै गरेको स्थानिय संचार माध्यमलाई जानकारी गराएका छन् । न्युजिलयान्डका सम्पुर्ण पार्टीका विधायकहरुले यस घटनाको भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्