बोसको हत्या



न्युयोर्क,(एजेन्सी)
अमेरिकाको न्युयोर्कको ग्याम्विनो क्राइम फेमिलीका अध्यक्ष फ्रान्क क्यालीको आफ्नै निवासस्थान बाहिर हत्या भएको प्रहरीले अमेरिकी संचार माध्यमले जनाएको छ । बुधवार साँझ स्टाटन आइलन्डको टोड्ट हिल जिल्लामा ५३ वर्षिय क्यालीलाई थुप्रै पटक गोली हानिएको थियो ।

उपचारकै क्रममा उनको अस्पतालमा मृत्यु भएको हो । प्रत्यक्षदर्शीहरुले ति अज्ञात आक्रमणकारी एउटा निलो कारमा बसेर भागेको बताएका छन् । न्युयोर्क संचार माधयमले सन् १९८५ यता पहिलो पटक कुनै ग्याँग्स्टर बोसको हत्या भएका ेजनाएको छ । ग्याम्विनोको इटालियन माफियासंग सम्बन्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्