एपिएफलाई हराएर क्यामरुन सेमिफाइनलमा



 

इलाम, (नेस)
नेपाल एपिएफ क्लबलाई ३–१ गोलअन्तरले हराएर क्यामरुनको डाफिन्स फूटबल क्लब इलाममा जारी पाँचौं माईभ्याली गोल्डकप फूटबलको सेमिफाईनलमा प्रबेश गरेको छ ।

बिहीबार सम्पन्न खेलमा १४औं मिनेटमा डाफिन्सका मिसिकेलले गोल गर्दै अगं्रता दिलाएका थिए । त्यसको ६ मिनेट बित्न नपाउँदै २० औं मिनेटमा मिसिकेको क्रसमा पेटङ्गाले टोलीका लागि दोश्रो गोल गरे । दुई–शुन्यले पछि परेर दबाबमा परेको एपिएफले ३६ औं मिनेटमा एक गोल फर्काउन सफल भयो ।

टोपबहादुर बिष्टले लङ रेञ्जबाट प्रहार गरेको बल दाउफिन्सका गोलरक्षक प्रिसोले पञ्च गरेर बचाएपनि रिवाउन्स बललाई हरि कार्कीले गोलमा परिणत गरे । एपिएफले गोल अन्तर २–१ मा छोटयाउँदै कमब्याक गर्ने संकेत देखाएको थियो । ६२ औं मिनेटमा सिलोको कर्नर प्रहारमा पेटङ्गाले पेनल्टि क्षेत्रबाट उत्कृष्ट हेड गोल गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्