एडेरलाई रियलले भित्र्यायो



मेड्रिड, (एजेन्सी)
स्पेनीस ला लिगा क्लब रियल मेड्रिडले पोर्टोसँग एडेर मिलीटाओलाई ५ करोड ७० लाख डलरमा अनुबन्धको प्रक्रिया पुरा गरेको छ । २१ वर्षीय ब्राजिली डिफेन्डरलाई रियलले ६ वर्षको लागि क्लबमा भित्र्याएको हो । रियलमा जिनेदीन जिदानको मेनेजर पदमा पुनरागमन भएपछि क्लबमा आबद्ध हुने एडेर पहिलो खेलाडी हुन् ।

रियलले आफनो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ—एडेर गेब्रियल मिलिटाओ रियल मेड्रिडका नयाँ खेलाडी हुन् । उनलाई सन् २०२५ सम्म टोलीमा राखिनेछ ।

एडेर २०१८ मा युरोपियन फुटबलमा प्रवेश गरेका हुन् । पोर्टोले उनलाई साओ पाउलोबाट ५ वर्षको लागि ल्याएको थियो । मेड्रिडमा पुग्ने भएपछि उनको पोर्टोमा ५ वर्षको अवधि रहने छैन । उनले एक वर्ष पनि पोर्चुगिज क्लबबाट खेल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्